कला


इन्डियन आइडलको शीर्ष १० मा पुगिन् मेनुका पौडेल

इन्डियन आइडलको शीर्ष १० मा पुगिन् मेनुका पौडेल

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८० सोमबार १४:७, काठमाडौँ

नेपालकी गायिका मेनुका पौडेल भारतीय रियालिटी शो 'इन्डियन आइडल १४' को शीर्ष १० मा प्रवेश गरेकी छिन्।

आइतबार एपिसोडमा उनी टप १० भित्र पर्न सफल भएकी हुन्। 

आइतबार प्रसारित एपिसोडमा पियुष, अज्जना र मुस्कान बटन थ्रीमा परे। जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन्। 

पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन्। उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए।

उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन्। 

मेनुकाले प्रभास अभिनित भारतीय फिल्म 'सलार' मा समावेश गीत समेत स्वर दिइसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .