कला


रेखाको फिल्म ‘उपहार’ लाई दर्शकले रुचाए

रेखाको फिल्म ‘उपहार’ लाई दर्शकले रुचाए

नेपालखबर
फागुन २७, २०८० आइतबार १६:५९, काठमाडौँ

रेखा थापाको फिल्म ‘उपहार’ले दर्शकहरूको राम्रो साथ पाएको छ। गत शुक्रबारदेखि रिलिज भएको यस फिल्मले उत्साहजनक व्यापार गरेको हो।

शुक्रबारदेखिनै अष्टनारायण लगायतका हलहरुमा उपहारमा दर्शकहरूको बाक्लो उपस्थिति थियो। शनिबार पनि हलमा अकुपेन्ची राम्रो रहेको सुनाउँछन् वितरक करण श्रेष्ठ।

‘उपहारको व्यापार एकदम राम्रो भइरहेको छ। शुक्रबार र शनिबार उपत्यकाभरिका हलहरुमा ९५ प्रतिशत अकुपेन्ची थियो। आज पनि दर्शकहरुको उत्साहजनक उपस्थिति छ। साँच्चै! रेखाजीको कमब्याकले हलमा छुट्टै माहोल बनाएको छ’ उनले भने।

फिल्म निर्माणटिम दुईदिन हल अवलोकनमै व्यस्त भएकाले व्यापारको हिसाब आउन बाँकी रहेको समेत उनले सुनाए। रिच इन्टरटेनमेन्टबाट करणले ‘उपहार’ को उपत्यकाभरि वितरण गर्ने जिम्मा लिएका हुन्।

त्यसैगरि, उपत्यका बाहिरको जिम्मा भने छविराज ओझाको वितरण कम्पनी एफडीले लिएको छ। उपत्यकाबाहिर पनि फिल्मको व्यापार राम्रो रहेको निर्माणटिमले जनाएको छ।

ज्ञानेन्द्र देउजा निर्देशित यस फिल्ममा रेखासहित मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, शुष्मा कार्कीलगायतको अभिनय छ।

सुलक्षण भारतीको कथा रहेको फिल्मको निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन्। भारतीसहित अभिमन्यु निरवी र माधव शर्माको पटकथा लेखेका हुन्।

रेखा अमेरिकामा हुँदा पूजा, बेनिशा लगायतका कलाकारले हल पुगेका शुक्रबार र शनिबार हल पुगेर दर्शकहरु भेटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .