कला


एलिनामाथि साउन्ड टेक्निसियनको व्यवहारप्रति प्रस्तोता समाजको आपत्ति

एलिनामाथि साउन्ड टेक्निसियनको व्यवहारप्रति प्रस्तोता समाजको आपत्ति

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८० सोमबार १९:२६, काठमाडौँ

गायिका एलिना चौहानसँग साउन्ड टेक्निसियनले गरेको व्यवहारप्रति प्रस्तोता समाज नेपालले आपत्ति जनाएको छ। 

प्रस्तोता समाजले विज्ञप्ति निकाल्दै एलिनालाई पर्वतको कुश्मामा प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनबाट भएको व्यवहारप्रति खेद प्रकट गरेको हो। 

'एलिना चौहानलाई गत फागुन २० गते पर्वतमा आयोजित मगर महोत्सव २०८० मा आफ्‌नो प्रस्तुति राख्ने क्रममा साउण्ड टेक्निसियनबाट भएको दुर्व्यवहारप्रति यस प्रस्तोता समाज नेपालको गम्भिर ध्यानाकर्षण भएको छ। गायिका चौहान र साउण्ड सिस्टममा कार्यरत व्यक्तिबीच भएको विवाद र अन्य घटनाप्रति यस समाज दुःख प्रकट गर्दछ,' अध्यक्ष शिव हमालले भनेका छन्। 

गायिका चौहानले सामाजिक सञ्जालमार्फत माफी मागेर आत्मआलोचना गरे पनि साउन्ड प्राविधिकहरूले समन्वय गर्न नखोजेको पनि बताइएको छ।

'आत्मआलोचना गरिसके पनि साउण्ड व्यवसायीहरुको तर्फबाट भएका कमजोरीलाई मध्यनजर नगरि एकतर्फी रुपमा चौहान उपस्थित हुने कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने व्यहोराका असान्दर्भिक एवम् बहिस्कार जस्ता अमर्यादित क्रियाक्लाप भइरहेको र आगामी दिनमा यस्ता कृयाकलाप अझ मौलाउने अवस्था देखिएकोले साउण्ड सिस्टम व्यवसायीले उक्त निर्णय अविलम्ब फिर्ता गरि आगामी दिनमा समन्वय गरेर अघि बढ्न अनुरोध गरिन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .