ad ad

कला


टाइटानिककी रोजलाई बचाउने फलेक ७ लाख डलरमा बिक्री

टाइटानिककी रोजलाई बचाउने फलेक ७ लाख डलरमा बिक्री

नेपालखबर
चैत १४, २०८० बुधबार १४:५६,

प्रसिद्ध फिल्म टाइटानिककी मुख्य पात्र रोजलाई बचाउने फलेक ७ लाख १८ हजार ७५० डलरमा लिलामी भएको छ।

१९९७ मा सो फिल्म रिलिज भएदेखि नै त्यो फलेकले ज्याक र रोज दुवैलाई बचाउन सक्थ्यो कि सक्दैनथ्यो भन्ने विषयमा बहस गर्दै आएका छन्। 

फिल्ममा लियोनार्डो डी क्याप्रियोले खेलेको पात्र ज्याकले सो फलेकले एक जनालाई मात्र धान्ने भन्दै केट विन्सलेटको पात्र रोजलाई मात्र त्यसमा चढाउँछन्। आन्ध्र महासागरको चिसो पानीमा उनको मृत्यु हुन्छ।

पछि फिल्मका निर्देशक जेम्स क्यामरुनले दैनिक रोजलाई ‘स्वार्थी’ र ज्याकलाई ‘मूर्ख’ भनिएका दर्जनौँ इमेल आफूलाई आउने गरेको बताएका छन्। पटकथा अनुसार ज्याक मर्नैपर्ने भएको उनको भनाइ थियो। 

उनले फिल्ममा अलि सानो फलेक प्रयोग गरेको भए यो विवाद नहुने बताएका थिए।

प्लानेट हलिउड नामक रेस्टुरेन्ट चेनको स्वामित्वमा रहेको सो फलेक हेरिटेज अक्सन्सले लिलामी गराएको हो।

त्यसबाहेक इन्डियाना जोन्सको कोर्रा ५ लाख २५ हजार, स्पाइडरम्यानको सुट १ लाख २५ हजार, द साइनिङमा ज्याक निकल्सनले ढोका फोर्न प्रयोग गरेको बन्चरो पनि १ लाख २५ हजार डलरमै बिक्री भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .