ad ad

कला


‘डिग्री माइला’ हेर्न आउने पूर्वेली दर्शक भेट्न निस्के दयाहाङ र आँचल

‘डिग्री माइला’  हेर्न  आउने पूर्वेली दर्शक भेट्न निस्के दयाहाङ र आँचल

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १२:५४, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘डिग्री माइला’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। यसैबीच, फिल्मका मुख्य कलाकारहरु दर्शक भेट्न आजबाट मोफसल यात्रामा निस्केका छन्।

दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो। कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माण टिमले जनाएको छ।

यसअघि पनि मुख्य कलाकार दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौँका हल-हलमा पुगेका थिए।

पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे विराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट गर्नेछन्। यसक्रममा उनीहरु विराटनगरका विभिन्न सिनेमा हलमा पुग्नेछन्।

विराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज जाने तय भएको छ। बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने सेड्युल छ।

रामबाबु गुरुङ निर्देशित यस फिल्मले तीनदिनमा ४ करोडको व्यापार गरिसकेको निर्माणटिमको दाबी छ। 

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मको निर्माता मणिरामसहित विशाल गुरुङ, मधु मिजार तथा सुष्मा गुरुङ हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .