कला


पूजा शर्माको मुख्य भूमिका रहेको ‘दान्भी’ असार ७ गतेबाट रिलिज हुने

पूजा शर्माको मुख्य भूमिका रहेको ‘दान्भी’ असार ७ गतेबाट रिलिज हुने

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १२:८, काठमाडौँ

फिल्म ‘दान्भी’ को नयाँ प्रदर्शन मिति तोकिएको छ। अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसरमा फिल्मको नयाँ रिलिज मिति घोषणा गरिएको हो। यो फिल्म अब असारको ७ गतेबाट रिलिज हुनेछ।

यसअघि जेठ १० गतेको लागि डेट तोकिएको थियो। तर, सोही मितिमा ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज हुने पक्का भएपछि यसको रिलिज मिति सारिएको हो।

असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन। यसैले ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ ।

वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका।

यस फिल्ममा पूजासहित नव–अभिनेता कुन्साङ बोमजोमको मुख्य भूमिका रहेको छ। पूजा पहिलोपटक एक्सन अवतारमा देखिएकी छिन्।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .