ad ad

कला


‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई पनि

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई पनि

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १३:५९, काठमाडौँ

कलाकार विल्सन विक्रम राई आफैँ फिल्म निर्देशन गर्ने तयारीमा छन्। यसैबीच उनी फिल्म ‘ज्वाइँ साब’ मा पनि जोडिएका छन्।

निर्माण टिम र विल्सनबीच कागजी सम्झौता भएको हो। फिल्ममा विल्सनको पावरफूल भूमिका रहने निर्माण टिमले जनाएको छ।

राजकुमार पण्डितको प्रस्तुतिमा रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागिएको हो। यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन्।

यस फिल्ममा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् । मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्। फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

यो फिल्मलाई तिहारमा रिलिज गर्ने निर्माण पक्षको योजना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .