कला


ग्रामीण चलचित्र महोत्सव: ‘सतीदेवी’, दयाहाङ र स्वस्तिमा उत्कृष्ट

ग्रामीण चलचित्र महोत्सव: ‘सतीदेवी’, दयाहाङ र स्वस्तिमा उत्कृष्ट

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १२:३७, काठमाडौँ

नेपाल ग्रामीण चलचित्र महोत्सवको तृतीय संस्करणमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ उत्कृष्ट सिनेमा घोषित भएको छ।

शनिबार रामेछापमा सम्पन्न महोत्सवमा ‘सतीदेवी’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।

त्यसैगरी, ‘दिमाग खराब’ बाट निश्चल बस्नेत उत्कृष्ट निर्देशक घोषित भए। उत्कृष्ट अभिनेत्रीको उपाधि ‘दिमाग खराब’ कै स्वस्तिमा खड्काले जितिन्। ‘नांगो गाउँ’ बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए।

‘सतीदेवी’ले उत्कृष्ट पटकथातर्फको पुरस्कारसमेत हात पार्‍यो। अभिनेत्री मलिका महतले यही सिनेमाबाट उत्कृष्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन्।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाडौँबाट नजिकै रहेको रामेछापमा फिल्म सुटिङका लागि धेरै ठाउँहरू यात्राको क्रममा देखेको बताए।

महोत्सवमा दिमाग खराब,नांगो गाउँ, विच्छेद, सतीदेवी, डेसानलगायत चलचित्रहरू निःशुल्क प्रदर्शन गरिएका थिए। सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषिकाका फिल्म पनि देखाइएको थियो।

महोत्सवमा विभिन्न विषयमा सिनेमा संवाद कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

यस्तो छ विजेताको सूची:

उत्कृष्ट फिल्म- सतीदेवी

जुरी मेन्सन अवार्ड- फिल्म विच्छेद

उत्कृष्ट प्रोडक्सन कम्पनी- सिनेमा आर्ट्स् नेपाल

उत्कृष्ट निर्देशक फिचर फिल्म - निस्चल बस्नेत  (दिमाग खराब)

उत्कृष्ट स्क्रिन प्ले फिचर फिल्म - लक्ष्मण सुवेदी (सतीदेवी)

उत्कृष्ट एक्टर फिचर फिल्म- दयाहाङ राई (नांगो गाउँ)

उत्कृष्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड- मलिका महत (सतीदेवी)

उत्कृष्ट एक्ट्रेस फिचर फिल्म - स्वस्तिमा खड्का (दिमाग खराव)

उत्कृष्ट म्युजिकल सर्ट फिल्म - अन्तै माया (रणधीर श्रेष्ठ)

उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड - रित्तो गाउँ (रामजी ज्ञवाली)

उत्कृष्ट सर्ट फिल्म- मदर (परिच्छेद सेन)

उत्कृष्ट डकुमेन्ट्री- द आइरन डिगर (अनिल बुढा मगर)

उत्कृष्ट एडिटर - बनिश शाह (नांगो गाउँ)

उत्कृष्ट सिनेम्याटोग्राफर- संकल्प भुजेल (विच्छेद)

उत्कृष्ट कलरिस्ट- राजेन्द्र मोक्तान

उत्कृष्ट कल्चरल फिल्म- माराङ (मगर भाषा-बुद्दिया एस मगर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .