अभिनेता विपिन कार्की अमेरिका पुगेका छन्। शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ को सुटिङका लागि उनी अमेरिका पुगेका हुन्।
शुक्रबार राति निर्देशक घिमिरे तथा चिफ एडी मछिन्द्र योङ्गा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन्। विपिनको यो पहिलो अमेरिका यात्रा हो।
विपिनलाई अमेरिकामा स्वागत गर्न फिल्मकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे पुगेकी थिइन्। ऋचाले यो फिल्ममा एउटा महत्वपूर्ण भूमिका निवार्ह गर्दैछिन्।
फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन्। उनको अपोजिटमा गौरी मल्ल र वर्षा राउत देखिनेछन्। सुटिङका लागि वर्षा केही दिनमा र गौरी अर्को हप्ता अमेरिका पुग्दैछन्। सिनेमाटोग्राफर सुसन प्रजापति भने केही दिनअघि नै बाल्टिमोर पुगिसकेका छन्।
निर्माण टिमका अनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरुको समेत सहभागितामा यस फिल्मको सुटिङ वैशाख २५ गतेबाट सुरु हुनेछ। एक महिनासम्म मेरिल्याण्ड राज्यका विभिन्न सहरमा फिल्मको ७० प्रतिशत छायाङ्कन गरिनेछ। बाँकीको छायाँकन पूर्वी चितवनमा हुनेछ।
Shares
प्रतिक्रिया