कला


समीक्षाले गाएको ‘बुझिनँ मैले’ गीतलाई ३ सातामै करोड भ्युज (भिडिओ)

समीक्षाले गाएको ‘बुझिनँ मैले’ गीतलाई ३ सातामै करोड भ्युज (भिडिओ)

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १४:३६, काठमाडौँ

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’मा समावेश ‘बुझिनँ मैले’ गीत करोड क्लबमा प्रवेश गरेको छ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गीत तीन सातामै १ करोडभन्दा बढीपटक हेरिएको हो।

प्रकाश सपुतको शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारीको स्वर छ।

सुदीप सागरले एरेन्ज गरेको गीतमा प्रकाशले पनि स्वर दिएका छन्। 

यस गीतले १ करोड भ्युज पाएपछि गायिका अधिकारीले खुसी व्यक्त गरेकी छन्। 

गीतको भिडिओमा फिल्मकै मुख्य कलाकार केकीसहित सुलक्षण भारती, रमा थपलियालगायतको अभिनय छ। 

गीतको शब्ददेखि नृत्यसम्म दर्शकले निकै रुचाएका छन्। 

यही वैशाख १४ देखि देशभर प्रदर्शनरत बोक्सीको घरले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।

प्रदर्शनअगावै रिलिज भएको उल्लिखित गीतले फिल्मको हाइप बढाएको थियो। गीत चर्चित भएसँगै फिल्मको व्यापारमा पनि सहयोग पुगेको निर्माण टिमको भनाइ छ।

केकीको होम प्रडक्सनमा बनेको यो फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’मा आधारित छ। 

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमा निर्देशन गरेका हुन्। फिल्ममा केकी, सुलक्षण र रमासहित स्वेच्छा राउत, सुपला सापकोटा, सुष्मा निरौला, सबिन बास्तोलालगायतले अभिनय गरेका छन्।

बद्रीबहादुर अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्।

हेर्नुहोस् गीतको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .