कला


‘हाउसफुल ५’मा जोडिए अभिषेक बच्चन

‘हाउसफुल ५’मा जोडिए अभिषेक बच्चन

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १३:३४, काठमाडौँ

बलिउड अभिनेता अभिषेक बच्चन फिल्म ‘हाउसफुल’को पाँचौँ भागमा अनुबन्ध भएका छन्। हालै फिल्मका निर्माता साजिद नाडियाडवालाले अभिषेक बच्चनको कास्टिङबारे आधिकारिक घोषणा गरेका छन्।

उनले अभिषेकको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हामी यो बताउन निकै खुसी छौँ कि अब अभिषेक बच्चन फेरि हाउसफुल परिवारको हिस्सा बनेका छन्। हामी तपाईंलाई पाउँदा धेरै खुसी छौँ।’

फिल्म हाउसफुल ५ को छायांकन अगस्टदेखि बेलायतमा सुरु हुनेछ। फिल्ममा आबद्ध भएपछि अभिषेक बच्चनले निकै खुसी लागेको बताए।

‘हाउसफुल मेरो मनपर्ने कमेडी फ्रेन्चाइजीमध्ये एक हो। यसमा सामेल हुनु भनेको घर फर्कनुजस्तै हो। साजिद नाडियाडवालासँग जोडिनु राम्रो अनुभव हुनु हो। म अक्षय कुमार र रितेशसँग सेटमा रमाइलो गर्न उत्सुक छु। मेरो नजिकका साथी तरुण मनसुखानीसँग दोस्रोपटक काम गर्न पाउँदा म पनि उत्साहित छु’, उनले भने।

तरुण मनसुखानीको निर्देशन रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, नोरा फतेही, सौन्दर्या शर्मा लगायतको अभिनय छ। यो फिल्म सन् २०२५ जुन ६ मा रिलिज हुनेछ।

यो फिल्म चर्चित फिल्म ‘हाउसफुल’को सिरिज हो।

हाउसफुलको पहिलो भाग सन् २०१० मा रिलिज भएको थियो। फिल्ममा अक्षयसहित रितेश देशमुख, लारा दत्त, दीपिका पादुकोण, बोमन इरानी, अर्जुन राजपालको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .