कला


पोखराबाट सुरु भयो प्रदीप र दिव्या स्टारर फिल्म ‘एक्टर’ को सुटिङ

पोखराबाट सुरु भयो प्रदीप र दिव्या स्टारर फिल्म ‘एक्टर’ को सुटिङ

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १२:४६, काठमाडौँ

प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’ को छायाङ्कन सुरु भएको छ। पोखराको विन्ध्वासिनी मन्दिरमा आज पूजा गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो।

फिल्मको शुभसाइत समारोहमा अभिनेता प्रदीप खड्का र नव अभिनेत्री दिव्या रायमाझी उपस्थित थिए। कलाकार दिलिप रायमाझीकी छोरी दिव्याको यो डेब्यु फिल्म हो। 

राजन भुसालको निर्देशनमा बन्ने फिल्ममा प्रदिप र दिव्यासहित आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ।

अभिनेता खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्। फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा वैद्धिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।

आजबाट सुरू भएको सुटिङको पोखरामा १० दिनको सेड्युल रहेको छ। बाँकी सुटिङ् काठमाडौँमा एक महिनासम्म चल्नेछ।

थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।

फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् । फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजाका दिन  प्रदर्शन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .