फिल्म ‘छक्कापञ्जा ५’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भएकी छन्। बिहीबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै शिवाकोटीको इन्ट्रीबारे जानकारी दिएको हो।
पोस्टरमार्फत फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ। यो फिल्म आगामी दसैँ छेकोमा असोज २४ गते फूलपातीमा रिलिज हुनेछ।
पोस्टरमा वर्षासहित दीपकराज गिरी र केदार घिमिरे (माग्ने बूढा) फिचर्ड छन्। जहाँ दीपक र वर्षालाई जोडीको रूपमा हेर्न सकिन्छ। राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई बिहे गरेको देख्न सकिन्छ। माग्ने बूढा भने छेउमा उभिएका छन्।
दीपाश्री निरौलाको निर्देशनमा बन्ने फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्नेछ।
अन्य कलाकारबारे भने जानकारी गराइएको छैन।
यो फिल्म दीपकको आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।
आज सुरु हुने फिल्मको छायांकन ४५ दिनसम्म चल्नेछ।
काभ्रेका पाँचखाल र पनौती तथा पोखरा आसपास फिल्मको सुटिङ गरिने निर्माण टिमले जनाएको छ।
Shares
प्रतिक्रिया