ad ad

कला


प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीत संग्रह प्रकाशित

प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीत संग्रह प्रकाशित

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ७:२१, काठमाडौँ

गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीत संग्रह ‘कैसा मन मस्ताना प्यारे’ (कस्ता रमाइला मेरा प्रिय)  प्रकाशन भएको छ।

यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषय समेटिएको छ।

ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको कृतिका रहेका दुई सय  गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको जिकिर गरिएको छ।

गीतकार डा. खतिवडा भन्छन्, ‘प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ। प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’

संग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन भएको बताइएको छ।

कृतिमा  चार गीत नेपालसँग सम्बन्धित पनि छ, जसले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको प्राकृतिक चिकित्सक पनि रहेका गीतकार खतिवडाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .