ad ad

कला


यस्तो छ अक्षयकुमार अभिनीत फिल्म ‘सरफिरा’को ट्रेलर (भिडिओ)

यस्तो छ अक्षयकुमार अभिनीत फिल्म ‘सरफिरा’को ट्रेलर (भिडिओ)

नेपालखबर
असार ४, २०८१ मंगलबार १४:३५, काठमाडौँ

अक्षयकुमार अभिनीत बलिउड फिल्म ‘सरफिरा’ को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा अक्षयकुमारसहित परेश रावल, राधिका मदन, सीमा विश्वास लगायतका कलाकारहरुलाई देख्न सकिन्छ।

फिल्मको ट्रेलर वीर म्हात्रे अर्थात अक्षयकुमार वरिपरि घुम्छ। गाउँमा बस्ने उनी ऋणमा डुबेका छन्। खल्तीमा एक पैसा नभए पनि उनीको दिमागमा ठूलो बिजनेस आइडिया छ। 

उसले भारतको सबैभन्दा ठूलो एयरलाइन कम्पनीका मालिक परेश (परेश रावल) लाई भेटेर आफ्नो आफ्नो बिजनेस आइडिया सेयर गर्न खोज्छन्। उनी सस्तो र सर्वसाधारणले पनि यात्रा गर्न सक्ने एयरलाइन्स कम्पनी बनाउन परेशसँग आग्रह गर्छन्। 

तर, परेशले उल्टै ट्वाइलेट सफा गर्ने व्यक्तिसँग विमानमा बस्न नचाहने जवाफ फर्काउँछन्। त्यसपछि उनी एयरलाइन्स कम्पनी खोल्ने प्रस्ताव लिएर थुप्रै ठाउँमा पुग्छन्। जहाँ उनको मजाक बनाइन्छ। यस्तो परिस्थितिमा वीरले आफ्नो सपना कसरी पूरा गर्छन् त्यो फिल्म हेरेपछि मात्र थाहा हुनेछ। समग्रमा सरफिराको ट्रेलर मन छुने खालको छ। 

यतिखेर अक्षय हिट फिल्मको पर्खाइमा छन्। गत वर्ष रिलिज भएको ‘ओएमजी २’ सफल भएपनि अघिल्लो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ ले पनि बक्सअफिसमा व्यापार गर्न सकेन। 

अक्षय कुमार स्टारर यो फिल्म सुधा कोंगारा प्रसादको निर्देशनमा बनेको हो। यो फिल्म आगामी जुलाई १२ बाट रिलिज हुँदै छ। 

सूर्या र ज्योतिकाले निर्माण गरेको यो फिल्म २०२० को साउथ फिल्म ‘सोरारई पोटरु’ को हिन्दी रिमेक हो। सुर्याको मुख्य भूमिका रहेको यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो।

भिडिओ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .