ad ad

कला


‘जेरी अन टप’ का निर्माताको आनालाई जवाफ : तपाइँका कारण ७० जनाको टिमले दुःख पाउनुपर्ने?

‘जेरी अन टप’ का निर्माताको आनालाई जवाफ : तपाइँका कारण ७० जनाको टिमले दुःख पाउनुपर्ने?

नेपालखबर
असार १४, २०८१ शुक्रबार १७:५७, काठमाडौँ

चलचित्र ‘जेरी अन टप’ का निर्माता सरोज न्यौपानेले अभिनेत्री आना शर्माले लगाएको आरोपमा सत्यता नरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै न्यौपानेले अभिनेत्री आनाका कारण करोडौं लगानी डुब्ने र सिंगो टिमले दुःख पाउने अवस्था आएको बताएका छन्।

अभिनेत्री शर्माले ‘जेरी अन टप’ बाट आफूलाई बिनाजानकारी हटाइएको आरोप लगाएकी थिइन्। तर, निर्माता न्यौपानेले भने बिनासम्पर्क उनी आफैँ हराएको र पटक–पटक फोन गर्दासमेत कुनै रेस्पोन्स नगरेको आरोप लगाएका छन्।

‘उहाँको प्राइभेट लाइफ’ ले करोडौं लगानी गर्ने निर्माता र हाम्रो प्रोजेक्ट ‘जेरी अन टप’मा काम गर्ने ७० जनाले दुःख पाउनु कति सम्मको जायज हो’ न्यौपानेको प्रश्न छ, ‘ निर्माताको पीडा बुझ्न नसक्ने नि कलाकार हुन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .