ad ad

कला


‘छक्कापञ्जा ५’ खेलेपछि वर्षा भन्छिन्– ढुक्क र खुसीका साथ नयाँ यात्रामा निस्कँदै छु

‘छक्कापञ्जा ५’ खेलेपछि वर्षा भन्छिन्– ढुक्क र खुसीका साथ नयाँ यात्रामा निस्कँदै छु

नेपालखबर
साउन ३, २०८१ बिहिबार १५:१, काठमाडौँ

यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो चरणको छायाङ्कन सकिएको छ। हिट फिल्म ‘छक्कापञ्जा’ पाँचौँ भागमा दीपकराज गिरीसँगै वर्षा शिवाकोटी मुख्य भूमिकामा छिन्। 

छक्का पञ्जामा प्रमुख भूमिका पाउँदा यस फिल्मबाट वर्षा निकै आशावादी छिन्। सुटिङ सकिएको उद्घोष गर्दै वर्षाले यो फिल्म आफ्ना लागि विशेष रहेको फेसबुकमा लेखेकी छिन्। 

‘मेरो प्रमुख भूमिका रहेको चलचित्र छक्कापञ्जा ५ को पहिलो चरण को छायाङ्कन सफलतापूर्वक सम्पन्न भएको छ। ५१ दिन सम्मको यो यात्रा मेरा लागि बिषेश रह्यो। माया, सम्मान र प्रोत्साहनका साथ प्रत्येक दिन तनाबरहित वातावरणमा काम गर्ने मौका सायदै मैले मेरो १० वर्षको कर्म अवधिमा पाएको थिए।’ 

साथै उनले यस मौकाको लागि छक्कापञ्जा टिमलाई धन्यावाद समेत दिएकी छिन्। 

यो वर्ष वर्षाका लागि विशेष हुने देखिन्छ। छक्कापञ्जा ५ सहित वर्षा मोदीबेनीमा पनि प्रमुख भूमिकामा छिन्। आजदेखि फिल्मको प्रचारप्रसारमा लागेकी वर्षाको यो फिल्म यसै साउन १८ गतेबाट रिलिज हुँदैछ। 

वर्षा ‘नाई नभन्नु ल २’ बाट नेपाली सिनेक्षेत्रमा भित्रिएकी हुन्। डेब्यु फिल्मनै हिट भएपछि वर्षाको निकै चर्चा भएको थियो।

त्यसपछि उनले खेलेको फिल्म ‘पशुपति प्रसाद’ ले पनि सकरात्मक प्रतिक्रिया बटुलेको थियो। 

त्यसपछि वर्षाले खेलेका ‘कारखाना, लप्पन छप्पन, मनसँग मन, बिर बिक्रम २, लक्का जवान, कारखाना लगायतका फिल्महरू फ्लप भएका थिए। 

गतवर्ष रिलिज भएको प्रकाश सपुतको डेब्यु फिल्म परदेशी २ बक्सअफिसमा राम्रै चलेको थियो।

जसमा प्रकासहित वर्षा र केकी अधिकारीको अभिनय रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .