ad ad

कला


संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १५:३, काठमाडौँ

संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने भएको छ। वृहत नागरिक आयोजक समितिले असोज ३ गते ‘नेसनल डे कन्सर्ट’ आयोजना गर्न लागेको हो।

उक्त कन्सर्टमा कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बु, आनन्द कार्की, स्वप्न सुमन लगायतका गायकगायिकाहरुले गीत गाउनेछन्। त्यसैगरि, चर्चित ब्यान्डहरु कुटुम्ब र एलिमेन्ट्सको समेत प्रस्तुति रहनेछ। 

कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ। 

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवापुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्‍याउने विश्वास छ।

देशको सांस्कृतिक सम्पदा, उपलब्धि र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .