ad ad

कला


प्रभासको ‘कल्की २८९८ एडी’ ले तोड्यो शाहरुखको ‘जवान’ को रेकर्ड

प्रभासको ‘कल्की २८९८ एडी’ ले तोड्यो शाहरुखको ‘जवान’ को रेकर्ड

नेपालखबर
साउन ६, २०८१ आइतबार १४:४७, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ।

प्रभास स्टारर यस फिल्मले घरेलु बक्सअफिसमा ६०८.१० करोड भारतीय रुपैयाँ कमाएको छ। प्रदर्शनको २४ औं दिनमा ‘कल्की २८९८ एडी’ ले यो आकंडा पार गरेको हो।

योसँगै प्रभासको ‘कल्की २८९८ एडी’ ले शाहरुख खानको ‘जवान’ को रेकर्ड तोडेको छ। जवानले २५ दिनमा ६०० करोड भारु कमाएको थियो। जबकी कल्कीले २३ औं दिनमा ६०० करोड भारु कमाएको थियो।

साथै यो फिल्म अब प्रभासको तेस्रो(सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। त्यसैगरि, धेरै कमाउने पाँचौं फिल्म बनेको छ।

यस फिल्म प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .