ad ad

कला


पोखरामा गरियो आँचल अभिनीत ‘वर एन्ड वधु’को प्रिमियर

पोखरामा गरियो आँचल अभिनीत ‘वर एन्ड वधु’को प्रिमियर

नेपालखबर
भदौ १२, २०८१ बुधबार १२:१, काठमाडौँ

शुक्रबारदेखि रिलिज हुने फिल्म ‘वर एन्ड वधु’को मोफसल प्रिमियर पोखरामा सम्पन्न गरिएको छ।

पोखराको मिडटाउन हलमा मंगलबार बेलुकी आयोजित प्रिमियर कार्यक्रममा फिल्मका कलाकारहरू सहभागी भए।

प्रिमियरमा सहभागी हुन निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की पोखरा पुगेका थिए। 

प्रिमियरबाट फिल्मलाई राम्रा प्रतिक्रिया प्राप्त भएका छन्। 

मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रिमियरमा पत्रकार, विभिन्न क्षेत्रका व्यक्ति सहभागी थिए।

निर्देशक चाम्सले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको बताउँदै दर्शकले पनि यो फिल्मलाई मन पराउनेमा आफू विश्वस्त रहेको जानकारी दिए।

रोमान्टिक कमेडी जनराको यो फिल्मको प्रिमियर आज ललितपुरको लाबिम मलमा पनि हुँदै छ।

लाबिम मलमा ‘रेड कार्पेट मिरर वाक प्रिमियर’को आयोजना गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ।

नेपालमै पहिलोपटक ‘मिरर वाक प्रिमियर’ आयोजना गर्न लागेको निर्माण पक्षले उपस्थित अतिथिहरूले नयाँ शैलीको प्रिमियरको अनुभूति गर्न पाउने विश्वास लिएको छ।

शुक्रबार रिलिज हुने फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ।

उक्त फिल्मको छायांकन नेपालका साथै देशबाहिर रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .