ad ad

कला


‘ज्वाइँ साब’को टिजरमा जितु र नीतिको बिहे

‘ज्वाइँ साब’को टिजरमा जितु र नीतिको बिहे

नेपालखबर
भदौ १२, २०८१ बुधबार १४:३७, काठमाडौँ

बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मुख्य कलाकार जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ।

रमाइलो तरिकाले निर्माण गरिएको टिजरमा जितु र नीतिबीचको बिहेको प्रसंगलाई समेटिएको छ। हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएकी नीति निकै सुन्दर देखिएकी छिन्।

यस फिल्मको निर्माता मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङ हुन्। सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको लेखन छ।

श्याम तामाङले खिचेको फिल्मको कार्यकारी निर्माता विजय बस्याल हुन्।

फिल्ममा जितु र नीतिसहित वुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ।

राजकुमार पण्डितको प्रस्तुतीमा तयार भएको फिल्मले दशैंमा दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने दाबी निर्देशक निरौलाको छ। यो फिल्म फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .