ad ad

कला


‘मिस युनिभर्स २०२३’ की विजेता सेनिस पलासियोस नेपालमा

‘मिस युनिभर्स २०२३’ की विजेता सेनिस पलासियोस नेपालमा

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १३:१६, काठमाडौँ

‘मिस युनिभर्स २०२३’ की विजेता सेनिस पलासियोस नेपाल आएकी छिन्। बिहीबार मध्यान्ह उनी त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएकी हुन्। 

शुक्रबार साँझ होटल यक एण्ड यतीमा मिस युनिभर्स नेपाल २०२४ को लागि क्राउन अनावरण गर्ने कार्यक्रम तय भएको छ। जसमा पलासियोमले सहभागी जनाउनेछिन्।

मिस युनिभर्स नेपाल २०२४ को फाइनल आगामी नोभेम्बरमा हुँदैछ। 

अमेरिकाको एल साल्भाडोरमा भएको ‘मिस युनिभर्स २०२३’ मा निकारागुआकी शेनिसले उपाधि जितेकी थिइन्।

मिस युनिभर्स नेपाल २०२३ की दीपिका जैन ग्यारेटले पनि मिस युनिभर्समा प्लस साइजकी प्रतिस्पर्धीको रुपमा चर्चा बटुलेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .