ad ad

कला


जेएटीसीको ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडिओ सार्वजनिक

जेएटीसीको ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडिओ सार्वजनिक

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १५:३४, काठमाडौँ

नेपाली रक ब्यान्ड ‘झिल्के एण्ड दि कम्पनी (जेएटिसी) को गीत ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ। यो गीत सन् २०२२ को एल्बम ‘जवानीको जोशको’ हिट गीत हो।

यस गीतमा ब्यान्डका प्रमुख गायक तथा गिटारवादक स्टिभ देवानको शब्द र संगीत छ। भिडिओमा ब्याण्डका सदस्य स्टिभ, दिप्सन र विशाल साथै भारतीय अभिनेत्री संस्कृति थामी फिचर्ड छन्।

पोजिटिभ भाईब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)द्वारा निर्मित म्युजिक भिडिओको छायाङ्कन भारतको दार्जिलिङमा गरिएको छ। गायक स्टिभले छोटो समयावधिमा गीतको छायाङ्कन गर्नु आफूहरूका लागि चुनौति भएको बताए।

‘पाँच दिन भित्र सबै कुराको योजना बनाउनु र सुटिङ गर्नु हाम्रो लागि सबैभन्दा ठूलो चुनौती थियो तर दार्जिलिङका स्थानीय, हाम्रो टोली र परिवारको माया र समर्थनले सबै चुनौती पार गर्दै भिडिओ तयार पार्यौ’, स्टिभले भने।

ब्यान्डका बासिस्ट विशाल हाङ राईले भिडिओ रिलिज गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताउँदै फ्यानले गीत मन पराइदिएकोमा आभार व्यक्त गरे। त्यस्तै ड्रमर दिप्सन केसीले अघिल्लो गीत ‘१८२’ जस्तै ‘कान्छी तिम्रो नराम्रो बानी’ले पनि त्यस्तै माया पाउनेमा आफूहरू ढुक्क रहेको बताए।

गीतको अडिओलाई रोहिताज गुरुङले साउन्ड फ्युजन स्टुडियोमा रिमास्टर गरेका छन्। एल्बम ब्रोकेन एग स्टुडियोमा रेकर्ड, मिक्स र मास्टर गरिएको हो।

झिल्के एण्ड दि कम्पनी सन् २०१९ मा स्थापना भएको व्याण्ड हो। यसमा स्टिभ देवान (भोकल र गितार), दिप्सन केसी (ड्रम) र विशाल हाङ राई (बास) छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .