ad ad

कला


साढे ८ अर्ब डलरको रिलायन्स–डिस्ने मर्जरलाई भारतले दियो स्वीकृति

सोनी, नेटफ्लिक्स र अमेजनसँग तीव्र प्रतिस्पर्धा हुने
साढे ८ अर्ब डलरको रिलायन्स–डिस्ने मर्जरलाई भारतले दियो स्वीकृति

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १७:४६, काठमाडौँ

डिस्ने र रिलायन्स इन्डस्ट्रिजबीचको साढे ८ अर्ब अमेरिकी डलरको मर्जरले भारत सरकारबाट स्वीकृति पाएको छ। 

भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले प्रस्तावित संयुक्त उपक्रम (भेन्चर)मा बहुमत सेयर स्वामित्व लिनेछ। मर्जरसँगै भारतकै ठूलो मनोरञ्जन खेलाडीका रुपमा यो भेन्चर उदाउँदा सोनी, नेटफ्लिक्स र अमेजनसँग तीव्र प्रतिस्पर्धा हुनेछ। 

यो भेन्चरले क्रिकेट प्रतियोगिताहरुलगायत भारतीय स्पोर्ट्स इभेन्ट्सका धेरैजस्तो प्रसारण अधिकार समेत लिनेछ। 

आगामी ६ महिनामा यो मर्जर सकिने बताइएको छ। नयाँ भेन्चरको नेतृत्व अम्बानीकी श्रीमती निता अम्बानीले गर्ने बताइएको छ। 

भारतीय सरकारी अधिकारीहरुले यसअघि मर्जरलाई लिएर ध्यानाकर्षण जनाएका थिए। खासगरी भारतकै लोकप्रिय खेल क्रिकेटको प्रसारण अधिकार दुई कम्पनीको नियन्त्रणबारे सरकारी अधिकारीको चासो थियो। 

डिस्ने र रिलायन्सले प्रस्ताव गरेको प्रसारण सेवाले भारतीय सब्स्क्राइबरलाई तानिरहेको छ। 

रोयटर्सका अनुसार दुई कम्पनीले इन्डियन प्रिमियर लिग (आईपीएल), टी२० विश्वकपहरु र आईसीसीले आयोजना गरेका खेलहरुका लागि टिभी र स्ट्रिमिङ राइट्समा साढे ९ अर्ब डलर खर्च गरिरहेका छन्। 

बजार प्रतिस्पर्धाको अनुगमन गर्ने भारतीय अधिकारीहरुले यी खेलका लागि विज्ञापन मूल्य बढाउने भन्दै ध्यानाकर्षण जनाएका थिए। तर कम्पनीहरुले त्यसो नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ। उनीहरुले आफ्ना ७÷८ वटा गैरखेल टिभी च्यानलहरु बिक्री गरेर सन्तुलन मिलाउने पनि बताएका छन्। 

मर्जरसँगै दुई कम्पनीसँग विम्बल्डन, मोटोजीपी र इंग्लिस प्रिमियर लिग (ईपीएल)को भारतीय प्रसारण अधिकार पनि प्राप्त हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .