ad ad

कला


कात्तिक १५ मा एकसाथ भिड्दै ३ फिल्म

थपियो प्रकाश सपुतको ‘पूर्णबहादुरको सारंगी’
कात्तिक १५ मा एकसाथ भिड्दै ३ फिल्म

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ९:४८, काठमाडौँ

फिल्म ‘पूर्ण बहादुरको सारंगी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपुतलाई देख्न सकिन्छ। झुस्स दारीजुँगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ।

त्यसको ठिक तल प्रकाश सपुत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफ्रिँदै घरतिर कुदिरहेको देख्न सकिन्छ। 

कात्तिक १५ को मिति तोकेसँगै त्यसदिन कडा भिडन्त हुने निश्चित छ। किनकी यसअघिनै प्रदीप खड्काको ‘एक्टर’ र पल शाह अभिनित ‘मायाबी’ ले सोही मिति तोकिसकेका छ्न्।  

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन्।

यो फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो। सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। यस फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले नै विश्वभर प्रदर्शन गराउने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .