ad ad

कला


‘छक्का पञ्जा ५’ को दोस्रो चरणको सुटिङ सुरु

‘छक्का पञ्जा ५’ को दोस्रो चरणको सुटिङ सुरु

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १४:६, काठमाडौँ

यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ५’ को दोस्रो चरणको छायांकन सुरु भएको छ। शुक्रबार काठमाडौँको जडिबुटी क्षेत्रबाट सुटिङ सुरु गरिएको हाे। 

कलाकार तथा निर्माता दीपकराज गिरीले दोस्रो चरणको छायांकन भइरहेको जानकारी दिए। उनका अनुसार फिल्मको बाँकी १० प्रतिशत सुटिङ पूरा गर्ने योजना रहेको छ। 

‘गीत र फिल्मका केही सिन खिँच्न बाँकी छ। आजबाट सुरू भएको सुटिङ एक साता चल्नेछ,’उनले भने। 

गत साउनमा फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको थियो। सुटिङ भइसकेको सिनको हाल प्रोस्ट प्रोडक्सनको काम भइरहेको छ। 

दीपाश्री निरौला निर्देशसित यस फिल्ममा दीपककै कथा, पटकथा र संवाद रहेको छ। यस फिल्ममा दीपकसहित वर्षा सिवाकोटी र केदार घिमिरे मुख्य भूमिकामा छन्। यो फिल्म आगामी असोज २४ गते दसैंको अवसरमा रिलिज हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .