ad ad

कला


मेरो फिल्म ‘इमर्जेन्सी’ले सर्टिफिकेट पाएको छैन, हत्याको धम्की आइरहेको छ : कंगना (भिडिओ)

मेरो फिल्म ‘इमर्जेन्सी’ले सर्टिफिकेट पाएको छैन, हत्याको धम्की आइरहेको छ : कंगना (भिडिओ)

नेपालखबर
भदौ १५, २०८१ शनिबार ११:१७, काठमाडौँ

हिमाचल प्रदेशको मण्डीबाट निर्वाचित भाजपा सांसद एवं अभिनेत्री कंगना रनौत पछिल्ला केही दिनदेखि आफ्नो अभिव्यक्तिका कारण विवादमा छिन्।

यसैबीच कंगनाले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को बारेमा नयाँ बयान दिएकी छन्। कंगनाले आफ्नो फिल्मलाई सर्टिफिकेट नदिइएको गुनासो गरेकी हुन्। 

‘एक्स’मा भिडिओ सन्देश जारी गर्दै कंगनाले भनेकी छन्, ‘हाम्रो फिल्मले सेन्सर बोर्ड सर्टिफिकेट पाएको छ भन्ने धेरै हल्ला चलिरहेको छ, जुन सत्य होइन।’

उनले अगाडि भनेकी छन्, ‘हाम्रो फिल्म सेन्सर बोर्डले पास गरेको थियो तर यसको सर्टिफिकेट रोकिएको छ। हामीलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्की आएको थियो। सेन्सर बोर्डलाई पनि धम्की दिइएको थियो।’

उनले आफूहरूलाई इन्दिरा गान्धीको हत्या, भिन्डरवाले, पन्जाबको दंगा नदेखाउन दबाब दिइएको दाबी गरेकी छन्। 

उनले भनेकी छन्, ‘यो मेरा लागि विश्वासै गर्न नसकिने कुरा हो, देशको यस्तो अवस्थाप्रति म खेद व्यक्त गर्छु।’ 

सुन्नुहोस् भिडिओ सन्देश-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .