ad ad

कला


अमिताभको नाम जोड्दा जयाले आपत्ति जनाएको विषयमा कंगनाले दिइन् यस्तो प्रतिक्रिया

अमिताभको नाम जोड्दा जयाले आपत्ति जनाएको विषयमा कंगनाले दिइन् यस्तो प्रतिक्रिया

नेपालखबर
भदौ १६, २०८१ आइतबार १४:७, काठमाडौँ

हालै संसद बैठकमा बलिउड अभिनेत्री जया बच्चनलाई जया अमिताभ बच्चन भनेर सम्बोधन गरिएको थियो। आफ्नो नाममा श्रीमानको नाम जोडेपछि जया निकै आक्रोशित भएकी थिइन्। 

यसैबीच, अभिनेत्री तथा सांसद कंगना रनौतले जया बच्चनको भनाइप्रति आपत्ति जनाएकी छिन्। 

कंगनाले भनिन्, ‘यो निकै लाजमर्दो कुरा हो। प्रकृतिले पुरुष र नारीलाई फरक बनाएको छ। दुबैमा सुन्दर भिन्नता छ। मलाई किन मेरो श्रीमानको नामले बोलाइयो भन्ने मामूली मुद्दा हो। म यसबाट निराश हुदैछु।’

उनले नारीवादको नाममा मानिसहरु कुरुप दिशामा जानु जाजमर्दो रहेको बताइन्।

‘फेमिनिज्मको नाममा मानिसहरु निकै कुरुप दिशामा गइरहेका छन्। हाम्रो समाज यो गलत दिशामा जानु धेरै दुःखको कुरा हो, जहाँ परिवारहरू बीचको सुन्दर सम्बन्धमा पनि अहंकारले घमण्ड गरिरहेको छ। मानिसका रूपमा हामीले एकअर्कालाई स्वीकार गर्नुपर्छ। कुरा यति बढेको छ कि एउटा नाम सुन्दा मानिसहरु रिसाउन थालेका छन्। मेरो परिचय मबाट खोसिएको भन्दै मानिसहरू आतंकित भइरहेका छन्। यो धेरै दुखको कुरा हो,’उनले भनिन्।

केही समयअघि संसदको अधिवेशनमा राज्यसभाका उपसभापति हरिवंश नारायण सिंहले सदनमा जया बच्चनलाई ‘श्रीमती जया अमिताभ बच्चन जी’ भनेर सम्बोधन गरेका थिए। जसप्रति जयाले असन्तुष्टि व्यक्त गरिन्। जया बच्चनले उपसभापतिलाई जवाफ दिँदै आफ्नो नामसँगै अमिताभ बच्चनको नाम नजोड्न आग्रह गरेकी छन्।

महिलाको पहिचानलाई नष्ट गर्ने प्रयास भएको भन्दै यस्ता टिप्पणीले महिलाको योगदान र आफ्नो पहिचानलाई बेवास्ता गर्ने उनको भनाइ थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .