कला


गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १७:२१,

गायक दीप श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

deep hospitalह्याम्स अस्पतालमा गायक दीप श्रेष्ठ। तस्बिर : द भ्वइस अफ नेपाल

द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ : महागुरु कोच दीपलाई शिघ्र स्वस्थलाभ को कामना! स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनुभएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनुभएको छ। सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ।

गायक श्रेष्ठलाई निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .