ad ad

रोचक


उडिरहेको विमानभित्रै श्रीमान्-श्रीमती कुटाकुट गर्न थालेपछि आकस्मिक अवतरण!

उडिरहेको विमानभित्रै श्रीमान्-श्रीमती कुटाकुट गर्न थालेपछि आकस्मिक अवतरण!

नेपालखबर
साउन २१, २०८१ सोमबार ८:४९, काठमाडौँ

मौसम प्रतिकूल हुँदा वा प्राविधिक समस्या आउँदा विमान आकस्मिक अवतरण गराउनु परेका घटना त सुनिरहेकै हुन्छौँ। तर सँगै हवाई यात्रा गरिरहेका श्रीमान्–श्रीमतीबीच भएको झगडाकै कारण हवाईजहाज आकस्मिक अवतरण गराउनुपरेको घटना सुन्दा अचम्म लाग्न सक्छ। 

तर आयरल्यान्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा यस्तै घटना भएको छ। 

घटना गत शुक्रबार साँझको हो। उक्त विमान आयरल्यान्डको डब्लिनबाट स्पेनको मल्लारोका जाँदै थियो। जसमा यात्रारत एक जोडी पति–पत्नीबीच यति चर्काे विवाद भयो कि आपसमा कुटाकुट नै गर्न थाले। 

झगडाले हिंसात्मक रूप लिन थालेपछि चालक दलका सदस्यले रोक्ने प्रयास गरे  तर सकेनन्। त्यसपछि उनीहरू आपत्‌कालीन अवस्था घोषणा गरी विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन्। 

विमान आकस्मिक अवतरण गरेपछि झगडामा संलग्न पुरुषलाई स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

महिलाको अनुहारमा भने केही चोट लागेका प्राथमिक उपचार गराइएको उल्लेख छ। 

उनीहरूको झगडाकै कारण विमान निर्धारित समयभन्दा झन्डै २ घण्टा ढिला गन्तव्यमा पुगेको थियो।

उक्त घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .