ad ad

राजनीति


प्रधानमन्त्री ओली फास्टट्रयाकको अनुगमनमा जाँदै

धेत्रेस्थित १ दशमवल ७२८ किलोमिटर सुरुङको ब्रेक थ्रु हुने
प्रधानमन्त्री ओली फास्टट्रयाकको अनुगमनमा जाँदै

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८१ सोमबार ८:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्माणाधीन काठमाडौँ- तराई- मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा जाने भएका छन्। 

फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ।

ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उनले स्थलगत निरीक्षण गर्नेछन्। 

त्यसैगरी काठमाडौँबाट निजगढतर्फ जाने धेद्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रममसमेत रहेको छ।  

प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानसेनापति प्रभुराम शर्मा, चीन र कोरियाका राजदूतलगायत पनि अनुगमनमा जाँदैछन्। 

यो सुरुङ चीनको पोलि छ्याङ्दा कम्पनीले निर्माण गरिरहेको छ। फास्टट्रयाकमा ६ वटा सुरुङ मार्ग छन्। हरेक सुरुङ मार्गमा आउने र जाने छुट्टाछुट्टै सुरुङ छन्। 

निजगढबाट काठमाडौँ आउने सुरुङको यसअघि नै ब्रेक थ्रु भइसकेको छ। लेनडाँडाका पनि दुवै सुरुङ ब्रेक थ्रु भइसकेका छन्। 

छ वटा सुरुङ रहेकामा सबैभन्दा लामो महादेवटार सुरुङ ३४ सय ६८ र ३४ सय २२ मिटरका जोडी सुरुङ निर्माण भइरहेको छ। 

फास्टट्र्याकमा थप तीनवटा सुरुङ पनि डिजाइनको क्रममा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .