रोचक


भारतीय युवाले उडिरहेको विमानको इमरजेन्सी ढोका खोल्न खोजेपछि...

भारतीय युवाले उडिरहेको विमानको इमरजेन्सी ढोका खोल्न खोजेपछि...

नेपालखबर
चैत १५, २०७७ आइतबार ११:२०,

दिल्लीबाट बनारस गइरहेको विमानमा ८९ यात्रु सवार थिए। शनिबार गौरव खन्ना नामक युवाले विमानको आकस्मिक ढोका खोल्ने प्रयास गरेपछि यात्रुहरु त्रसित बनेका थिए।

स्पाइसजेटको एसजी २००३ विमानको आकस्मिक ढोखा खोल्न खोजिएको थियो।

त्यसपछि विमानमा सवार फ्लाइट एटेन्डेन्ट र यात्रुहरुले उनलाई नियन्त्रणमा लिएर ४० मिनेटसम्म भुइँमै पक्रेर राखेका थिए।

उक्त विमान बनारसको लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको थियो।

यदी त्यहाँका मानिसहरुले खन्नालाई नियन्त्रणमा लिन नसकेको भए ठूलो दुर्घटना निम्तन सक्थ्यो।

ती पुरुषलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ। यस घटनाको भिडिओ पनि सार्वजनिक भएको छ। एनडीटीभी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .