रोचक


अमेरिकामा खोप लगाएबापत पाउन सकिन्छः फ्रि बियर, सय डलर र गाँजा!

अमेरिकामा खोप लगाएबापत पाउन सकिन्छः फ्रि बियर, सय डलर र गाँजा!

नेपालखबर
जेठ ५, २०७८ बुधबार ८:३,

कुनै देशमा पहिलो डोज खोप मानिसहरुमा लगाइएता पनि दोस्रो डोज खोप अभावका कारण प्रभावित छ।

अमेरिकामा भने त्यहाँका स्थानीय सरकारले मानिसहरुलाई खोप अभियानमा आवद्ध हुन र खोप लगाएको खण्डमा विभिन्न सुविधा पाउने बताइरहेका छन्।

खोप लगाउन प्रेरित गर्ने हेतुले उनीहरुले खोप लगाउने व्यक्तिलाई निशुल्क बियर, सय डलर तथा गाँजा प्रस्ताव गरिरहेका हुन्।

हालै वासिङ्टन डिसीका मेयर मुरिल बोसरले मानिसहरुलाई खोप अभियानमा आवद्ध हुन आग्रह गर्दै खोप लगाउने व्यक्तिलाई निशुल्क बियर प्रदान गर्ने ट्विटरमा बताएका छन्।

उनले ट्विटरमा निशुल्क बियर दिने बताएपछि खोप लगाउनेको लाइन लागेको एबीसी न्युजले जनाएको छ।

यसैबीच अर्को अमेरिकी राज्य म्यारील्यान्डको सरकारले सरकारी कर्मचारीलाई खोप लगाएबापत सय डलर इनाम दिएको बताइएको छ।

यस्तै खोप लगाउने मानिसलाई मिसिगनको डेट्रोयट शहरमा फ्रि राइड र ५० डलर, न्युजर्सीमा पनि निशुल्क बियर तथा मिसिगनकै कयौं स्थानमा गाँजा नै प्रदान गरिएको बताइएको छ।

यस्ता प्रस्तावले मानिसहरु खोप अभियानमा सत प्रतिशत सहभागी हुने र कोरोनाविरुद्ध लड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .