ad ad

गण्डकी


गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेस

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेस

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १५:५४, पोखरा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पाण्डेले मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै पाण्डेले दाबी पेस गरेका हुन्। 

प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही आह्वान अनुसार पाण्डेले बिहीबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। 

प्रदेश प्रमुखले बिहीबार ४ बजेसम्म सरकार गठनको दाबी पेस गर्न समयसीमा तोकेका थिए। 

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यहरूको  हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .