ad ad

गण्डकी


पोखरामा स्कुल हिँडेका ३ बालिका एकैदिन बेपत्ता, खोजीका लागि परिवारको हारगुहार

पोखरामा स्कुल हिँडेका ३ बालिका एकैदिन बेपत्ता, खोजीका लागि परिवारको हारगुहार

नेपालखबर
साउन ३०, २०८० मंगलबार ८:४७, कास्की

पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन्। यही साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन्। 

पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन्। तीनैजना हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन्। हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा पढ्थे। आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन्। राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ। 

परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोसाक सेतो सर्ट र  निलो स्कट लगाएका थिए। प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेको र हालसम्म घरमा फर्की नआएको भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। 

‘आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊँ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी तीव्र बनाएका छौँ’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .