ad ad

गण्डकी


साढे ५ हजार किलोको महाघण्ट उद्घाटन गर्न राष्ट्रपति पौडेल पञ्चकोटमा

साढे ५ हजार किलोको महाघण्ट उद्घाटन गर्न राष्ट्रपति पौडेल पञ्चकोटमा

बागलुङको पञ्चकोटमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल


नेपालखबर
फागुन १०, २०८० बिहिबार १०:४०, ढोरपाटन

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन्।

बुधबारदेखि आयोजित ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन्। 

उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरे। 

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन्। 

पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ। महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो।

विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो। गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो।

पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन्।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ। महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .