गण्डकी


प्रश्नपत्र चुहाएको आरोपमा कास्कीमा दुईजना शिक्षक पक्राउ

प्रश्नपत्र चुहाएको आरोपमा कास्कीमा दुईजना शिक्षक पक्राउ

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १८:४७, पोखरा

कास्की प्रहरीले कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र चुहाएको आरोपमा दुईजना शिक्षकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा ११, फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन्।

सोमबार फूलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परीक्षा चलिरहेकै बेला उनीहरूले प्रश्नपत्रको तस्वीर खिचेर विद्यार्थीहरूलाई पठाएका थिए।

सूचनापछि त्यहाँ पुगेको प्रहरीले उनीहरूको साथबाट  कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थानसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .