ad ad

गण्डकी


सक्कली भन्दै नक्कली सुनको माला बेच्ने दुईजना भारतीय पक्राउ

सक्कली भन्दै नक्कली सुनको माला बेच्ने दुईजना भारतीय पक्राउ

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार २०:३८, पोखरा

नक्कली सुनको माला बेचेर ठगी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारत उत्तर प्रदेश घर भएकी वर्ष ७१ की प्रभादेवी र सोही ठाउँका ४२ वर्षीय रामनारायण सुलेङीले पोखरा- ९ सिर्जनाचोकमा प्लाष्टिक पसल संचालन गर्ने एक व्यवसायीलाई बुधबार नक्कली सुनको माला दिइ ४ लाख रुपैयाँ लिएका थिए। 

सुन नक्कली भएको ठहर भएसँगै ती व्यवसायीले प्रहरी गुहारेका थिए। लगत्तै पोखरा १७, छोरेपाटन प्रहरी चौकीले अभियुक्तहरुको खोजबिन थालेको थिय। पोखराबाट बुटवलतर्फ जाँदै गरेको गाडीमा दुवैजना अभियुक्तलाई नगद ३ लाख ९० हजारसहित प्रहरीले फेला पारेको थियो।

उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .