ad ad

गण्डकी


गण्डकीले ल्यायो पत्रकार रिझाउने कार्यक्रम

गण्डकीले ल्यायो पत्रकार रिझाउने कार्यक्रम

नेपालखबर
असार १, २०८० शुक्रबार १६:५७, पोखरा

गण्डकी सरकारले सञ्चारकर्मी रिझाउने गरी बजेट सार्वजनिक गरेको छ।

गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा तथा लेखनवृत्ति कार्यक्रम घोषणा गरेका हुन्।

उनले यी कार्यक्रमले पत्रकारलाई उत्तदरदायी र अझ क्रियाशील बनाउने अपेक्षा राखिएको बताएका छन्।

यस्तै पत्रकार महिलालाई विभिन्न तालिमका लागि पनि बजेट व्यवस्था गरिएको आर्थिक मामिलामन्त्री आलेले घोषणा गरे।

गण्डकीको बजेटले दीगो अर्थतन्त्र निर्माण, उपलब्ध स्रोत र साधनको समन्यायिक वितरण गर्दै समानुपातिक विकासको लक्ष्य लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .