ग्लोबल


लन्डनको व्यस्त सहरमा छुरीले हानेर हत्या, १५ वर्षीय किशोर पक्राउ

लन्डनको व्यस्त सहरमा छुरीले हानेर हत्या, १५ वर्षीय किशोर पक्राउ

मगेन्द्र राई
असार २२, २०७८ मंगलबार २२:५३,

उल्लेख्य संख्यामा नेपालीको बसोबास रहेको लन्डनको दक्षिणपूर्वमा पर्ने व्यस्त सहर बुलबिचमा छुराले हानेर एक किशोरको हत्या गरिएको छ। गत सोमबार अपराह्न साढे ५ बजेतिर उनीविरुद्ध आक्रमण भएको हो। 

घटनास्थलको फुटपाथमा रगतले लतपतिएका घाइते किशोरलाई बटुवाहरूले प्राथमिक उपचार चेस्ट कम्प्रेसन दिए भने लन्डन एम्बुलेन्सका स्वस्थकर्मीले पनि उनलाई बचाउने प्रयास गरे, तर सकेनन्। सोमबार साँझ ६:१० बजे ती किशोरलाई मृत घोषणा गरिएको थियो।

घटना अनुसान्धनका लागि मंगलबार यो खबर तयार पार्दासम्म प्रहरीले घटनास्थल सिल गरेको छ। 

हत्यारा लुकेको हुन सक्ने अनुमान गरी शसस्त्र प्रहरीको ठूलो समूहले घटनास्थलनजिकै रहेको टेस्को सुपरमार्केट खाली गराएको थियो भने वरिपरिका सडकसमेत बन्द गरेको थियो। साथै हेकिकप्टरसमेत तैनाथ गरिएको थियो।

कर्डन अफ गरेर तैनाथ प्रहरीलाई नेपालखबरले घटनाबारे सोध्दा केही  बताउन चाहेनन्। मृतक कुन समुदायको समेत बताएनन्। 

तर मृतकको परिवारलाई सम्पर्क गरिसकेको बताए। साथै हत्यामा संलग्न आशंकामा १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। चोट बोकेर अस्पतालमा उपचार गराउन पुग्दा उनी पक्राउ परेका थिए।​

घटनास्थलनजिकै भेटिएका करिब ५० वर्षीय एक नेपालीले यस्ता छुरीकाण्ड लन्डनको पूर्वी तथा दक्षिणपूर्वी इलाकामा दिनहुँजस्तो हुने नेपालखबरलाई बताए। उनले केही समयअगाडि पनि यही इलाकामा छुरी बोकेर दिनदहाडै मानिस लखेटेको सुनाए। आफ्ना छोराहरू पनि सोही उमेरको हुँदा कोठामा नफर्किँदासम्म चिन्ता लाग्ने गरेको उनले बताए। लन्डन असुरक्षित रहेको उनले गुनासो गरे। 

गत जनवरीमा पनि लन्डनमै ३५ वर्षीय नेपाली सेफको हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .