ग्लोबल


बङ्गलादेशमा डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

बङ्गलादेशमा डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

नेपालखबर
असोज ११, २०७९ मंगलबार ७:५१, काठमाडौँ

बङ्गलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ। 

अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो।    

सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, “सोमबार बिहान थप सात जनाको शव फेला परेको छ। यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।”

“अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ,” उनले भने।

’डुङ्गालाई तानेर किनारमा लगिएको छ। ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको बहाव र पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन्। 

प्रहरीका अनुसार डुङ्गामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

सयौं नदीले घेरिएको बङ्गलादेशमा डुङ्गा दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने गरिन्छ। यद्यपि, अझै पनि दक्षिण एशियाली यस मुलुकमा डुङ्गा यातायातको एक प्रमुख साधन हो र तिनीहरूमध्ये अधिकांश प्रायः अत्यधिक भारसहित चलाइने गरिन्छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .