ग्लोबल


रुससँग मिलेर ऊर्जा प्रवर्धन गर्न चीन तयार

रुससँग मिलेर ऊर्जा प्रवर्धन गर्न चीन तयार

नेपालखबर
मंसिर १४, २०७९ बुधबार ०:१९, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन्।   

ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्न सकारात्मक शक्ति  भएको राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लेख गरिएको छ । 

उनले बाह्य जोखिम र चुनौतीको सामना गर्दै दुई देशले सञ्चार र समन्वय सुदृढ बनाएको र ठूला सहयोगी परियोजनालाई अगाडि बढाएको पनि उल्लैक गरेका छन्।   

राष्ट्रपति सीले यस नयाँ युगमा चीन-रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको व्यापक रणनीतिक साझेदारीको व्यापक सम्भावनाहरूमा पनि जोड दिएका छन्। 

 राष्ट्रपति सीले स्वच्छ र हरित ऊर्जा विकासमा जोड दिन र अन्तरराष्ट्रिय ऊर्जा सुरक्षा र औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र दीर्घकालीन, स्वस्थ र दिगो विकासमा नयाँ योगदान पुर्याकउन चिनियाँ पक्ष रुससँग हात मिलाउन तयार रहेको पनि बताएका छन्। 

यस्तै मङ्गलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ऊर्जा व्यापार मञ्चलाई बधाइ पत्र पठाएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .