ग्लोबल


ताइवानले तालिमका लागि एक बटालियन सैनिक अमेरिका पठाउने

ताइवानले तालिमका लागि एक बटालियन सैनिक अमेरिका पठाउने

नेपालखबर
फागुन ११, २०७९ बिहिबार २१:४४, काठमाडौँ

ताइवानले तालिमका लागि कम्तीमा पाँच सय सैनिक अमेरिका पठाउने भएको छ। युद्ध क्षमता र सीप वृद्धिका लागि यो वर्षको उत्तरार्धमा सैनिक पठाउने तयारी गरिएको ताइवानले बताएको छ।

चीनसँग तनाव बढिरहँदा ताइवानले पहिलेभन्दा निकै ठूलो संख्यामा सेनालाई तालिम दिन अमेरिका पठाउन लागेको हो।

एउटा इन्फेन्ट्री ब्रिगेड र एउटा आर्मर ब्रिगेडका सैनिकहरु मिलाएर एक बटालियन सैनिक पठाइने छ।

‘पहिलो पटक बटालियन तह (करिब पाँच सय) सैनिक तालिमका लागि अमेरिका पठाउन लागिएको हो। यसअघि प्लाटुन (२५–६०) वा कम्पनी (८०–१५०) मात्र पठाउने गरिएको थियो,’ ताइवानको सेन्ट्रल न्युज एजेन्सीले एक रिपोर्टमा भनेको छ।

यस विषयमा ताइवानी रक्षा मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेको छ।

युद्ध क्षमता वृद्धि गर्न भन्दै अमेरिकाको सल्लाहमा ताइवानले २०१९ मा सैन्य बटालियनहरुको संरचना बदलेको थियो।

यसअघि अमेरिका र ताइवानबीचका यस्ता आदानप्रदान गुपचुप हुने गरेको थियो। तर, पछिल्लो समय तनाव चर्किंदै जाँदा अमेरिकासँगको निकटता प्रदर्शन गर्न ताइवानले सो समाचार चुहाएको हुनसक्ने अनुमान गरिएको छ। एससीएमपी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .