ग्लोबल


तालिबानको नियन्त्रणमा तीन बेलायती नागरिक

तालिबानको नियन्त्रणमा तीन बेलायती नागरिक

नेपालखबर
चैत १९, २०७९ आइतबार ९:५१, काठमाडौँ

अफगानिस्तानमा चिकित्सक र पर्यटक व्यवसायीसहित तीन बेलायती नागरिकलाई तालिबानले हिरासतमा राखेको छ।

अफगानिस्तानस्थति मानवअधिकार सम्बन्धी संस्थाले गएको जनावरीमा ५३ वर्षीय चिकित्सक केभिन कर्नवेल र अर्का होटल प्रवन्धक (जसको नाम खुलेको छैन) लाई गोप्य प्रहरी हिरासतमा राखेको जनाएको छ।

यस्तै २३ वर्षीय माइल्स रुटलेजलाई तालिबानले नियन्त्रणमा लिएको छ। तालिबानी सरकार आएपछि रुटलेज बेलायतको एयरक्राफ्टमार्फत स्वदेश फर्किएका थिए। साहशिक यात्रा गर्ने उनी खतरनाक ठाउँको भ्रमण गर्ने हुँदा छुट्टी मनाउन हालै मात्रै पुन: अफगानिस्तान गएको बताइको छ।

बेलायतको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तालिबानले हिरासतमा राखेको पुष्टि गर्दै अफगानिस्तानमा हिरासतमा रहेका नागरिकसँग सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .