ग्लोबल


मस्कोमा पुटिनलक्षित आक्रमण नगरेको जेलेन्स्कीको दाबी

मस्कोमा पुटिनलक्षित आक्रमण नगरेको जेलेन्स्कीको दाबी

नेपालखबर
बैशाख २१, २०८० बिहिबार ६:५५, काठमाडौँ

रूसी राष्ट्रपति भ्लादिमर पुटिनलाई लक्षित गर्दै ड्रोन आक्रमण भएको छ।

युक्रेनले रातभर मस्कोस्थित राष्ट्रपति पुटिनको निवास क्रेमलिनमा पुटिनलाई लक्षित गर्दै आक्रमण गरेको आरोप रुसले लगाएको छ। राष्ट्रपतिको कार्यालयले पुटिनको अपार्टमेन्टमा लक्षित गरी दुईओटा ड्रोन खसालेको आरोप लगाएको छ।

ती ड्रोनलाई विद्युतीय युद्ध उपाय प्रयोग गरी निष्क्रिय पारिएको र कुनै क्षति नभएको पुटिनको सचिवालयले जनाएको छ।

उक्त ड्रोन आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिँदै रूसले उचित जवाफ दिने बताएको छ। राष्ट्रपति पुटिनको हत्या प्रयास गर्दै युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाउँदै रूसले उचित समयमा सशक्त जवाफ दिने बताएको छ।

यता युक्रेनले भने आफूविरुद्धको आरोप अस्वीकार गरेको छ। राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनले रूसी राष्ट्रपति पुटिन तथा मस्कोलक्षित कुनै आक्रमण नगरेको दाबी गरेका छन्।

फिनल्याण्ड भ्रमणमा रहेका जेलेन्स्कीले मस्कोमा भएको ड्रोन आक्रमणपछि प्रतिक्रिया दिँदै आफूहरू पुटिन र मस्कोमा आक्रमण नगर्ने बताए। 'हामी पुटिन वा मस्कोमा आक्रमण गर्दैनौँ, हामी आफ्नो गाउँ र सहरको रक्षार्थ, आफ्नो भूमिमा लड्छौँ,' उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .