ग्लोबल


‘पेन्टागन पेपर्स’ मार्फत भियतनाममा अमेरिकी झुटको पर्दाफास गर्ने एल्सबर्गको निधन

‘पेन्टागन पेपर्स’ मार्फत भियतनाममा अमेरिकी झुटको पर्दाफास गर्ने एल्सबर्गको निधन

नेपालखबर
असार २, २०८० शनिबार १६:८, काठमाडौँ

भियतनाम युद्धमा अमेरिकी सरकारको झुटको पर्दाफास गर्नुका साथै राष्ट्रपति रिचर्ड निक्सनको पतनको द्वार खोलेर प्रसिद्धि पाएका डेनियल एल्सबर्गको निधन भएको छ। उनी ९२ वर्षका थिए।

प्यांक्रियाटिक क्यान्सरबाट पीडित उनको क्यालिफोर्नियास्थित घरमै निधन भएको परिवारले बताएको छ।

अमेरिकी सैन्य विश्लेषक रहेका उनले १९७१ मा अमेरिकी रक्षा मन्त्रालयको ७ हजार गुप्त दस्तावेज सञ्चारमाध्यममा चुहाएका थिए। जसलाई पेन्टागन पेपर्स भनेर चिनिन्छ।

ती कागजातमा एकपछि अर्को राष्ट्रपतिले अमेरिकी जनतालाई ढाँटेको विवरण थिए। तर, यथार्थ जनतार्ला थाहा थिएन। त्यसैकारण उनले दस्तावेज सार्वजनिक गरेका थिए।

ती गुप्त दस्तावेज न्युयोर्क टाइम्स पत्रिकामा छापियो। र, भियतनाम युद्धविरोधी जनमत ह्वात्तै बढ्यो। त्यो प्रकाशनलाई रोक्न सरकारले जोड गरेको थियो। सर्वोच्च अदालतमा सरकार र न्युयोर्क टाइम्सबीच मुद्दा समेत चल्यो।

अदालतले प्रेस स्वतन्त्रताको पक्षमा फैसला गर्‍यो।

एल्सबर्गलाई १९७१ मा चोरी, जासुसी, षड्यन्त्रलगायतका आरोप लगाउँदै मुद्दा हालियो।

तर, उनीविरुद्धको मुद्दा खारेज भयो।

त्यसपछि उनी सरकारलाई जिम्मेवार बनाउने प्रयासमा लागिरहे।

सरकार पक्षधरहरुले उनलाई अमेरिकाको सबैभन्दा खतरनाक व्यक्तिका रुपमा चित्रित गरे। तर, उनले पारदर्शिता, लोकतन्त्रका लागि योगदान दिएकोमा थुप्रैले उनको प्रशंसा गर्छन्।

उनकै कदम पछ्याउँदै जुलियन असान्ज तथा एडवर्ड स्नोडेनहरुले अमेरिकी सेना र सरकारको कर्तुतहरुको खुलासा गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .