अमेरिकी राष्ट्रपति जो बाइडेनले सी चिनफिङलाई ‘तानाशाह’ भनेपछि चिनियाँ सरकारले प्रतिक्रिया दिएको छ।
चीनले यो भनाइलाई पूर्णतया बेतुक र गैरजिम्मेवा भनेको छ।
क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘तानाशाह’ भनेका थिए।
विशेष कुरा के छ भने जो बाइडेनको यो भनाइ यस्तो बेला आएको हो जब एक दिनअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए।
यो भेटको उद्देश्य दुई देशबीचको तनाव कम गर्नु थियो।
बाइडेनको भनाइलाई चीनको विदेश मन्त्रालयका प्रवक्ताले खुला राजनीतिक उत्तेजनाका रूपमा अर्थ्याएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले यो भनाइ चीनको शिष्टाचार र राजनीतिक प्रतिष्ठाविरुद्ध भएको बताए।
उनले सी चिनफिङलाई तानाशाह भन्नु बेतुक भएको बताए। बीबीसी
Shares
प्रतिक्रिया