ad ad

ग्लोबल


इजरायल–हमास द्वन्द्वमा मारिए २२ पत्रकार, कुन देशका कति?

इजरायल–हमास द्वन्द्वमा मारिए २२ पत्रकार, कुन देशका कति?

फाइल तस्बिर : गाजा


नेपालखबर
कात्तिक ४, २०८० शनिबार १०:२४, काठमाडौँ

यही अक्टोबर ७ देखि इजरायल र हमासबीच जारी लडाइँमा अहिलेसम्म २२ जना पत्रकार मारिएका छन्। 

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार इजरायल–गाजा द्वन्द्वमा हालसम्म २२ पत्रकारले ज्यान गुमाएका हुन्। 

सीपीजेको विज्ञप्तिअनुसार मारिएका पत्रकारमा १८ प्यालेस्टिनी, ३ इजरायली र १ लेबनानी छन्।

सीपीजेका अनुसार आठजना पत्रकार घाइते भएका छन् भने तीनजना बेपत्ता वा हिरासतमा छन्।

सीपीजेका प्रवक्ताले भने, ‘पत्रकार पनि संकटको समयमा कठिन काम गर्ने नागरिक हुन्, र युद्धका पक्षहरूले उनीहरूलाई निशाना बनाउन नहुनेमा सीपीजे जोड दिन्छ।’ 

इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। हमासको स्वास्थ्य विभागका अनुसार बम विस्फोटमा हालसम्म चार हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा १४०० भन्दा बढी जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .