ad ad

ग्लोबल


बाइडेन र मोदीले गरे भारतमा चिप उद्योग खोल्ने घोषणा

बाइडेन र मोदीले गरे भारतमा चिप उद्योग खोल्ने घोषणा

नेपालखबर
असोज ७, २०८१ सोमबार १६:९,

भारतमा सेमिकन्डक्टर उद्योग स्थापना गर्न मिलेर काम गर्ने सहमति अमेरिका र भारतबीच भएको छ।

यसले आफ्नो मुलुकमा उत्पादन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई बल पुगेको छ।

ह्वाइट हाउसले जनाएअनुसार प्रस्तावित उद्योगले इन्फ्रारेड, ग्यालियम नाइट्राइड र सिलिकन कार्बाइड सेमिकन्डक्टर बनाउने छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेन र मोदीबीच डेलवेयरमा शनिबार भएको भेटमा यस्तो सहमति भएको हो।

पछिल्लो समय भारतले आफूलाई चीनको वैकल्पिक उत्पादन केन्द्रका रुपमा उभ्याउने कोसिस गरिरहेको छ। त्यसका लागि प्रविधिका क्षेत्रमा फड्को मार्नुपर्ने अवस्थामा भारत छ। 

केही पश्चिमा कम्पनीहरूले भारतमा उद्योग पनि खोल्न सुरु गरिसकेका छन्।

आइतबार मोदीले गुगलका सुन्दर पिचाइ, एनभिडियाका जेन्सेन हुवाङलगायत सीईओसँग पनि भेट गरेका छन्। 

मोदी क्वाड बैठकमा सहभागी हुन अमेरिका पुगेका हुन्। अबको क्वाड बैठक २०२५ मा भारतमा हुनेछ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .