ग्लोबल


यी स्याटलाइट तस्बिरमा हेर्नुहोस् इजरायलको बमबारीबाट क्षतविक्षत गाजा

यी स्याटलाइट तस्बिरमा हेर्नुहोस् इजरायलको बमबारीबाट क्षतविक्षत गाजा

नेपालखबर
कात्तिक ४, २०८० शनिबार २१:२६, काठमाडौँ

हमाससँगको युद्धका कारण इजरायलले गाजा (जहाँ हमासको सत्ता छ) धेरैपटक बमबारी गरिसकेको छ। जसका कारण त्यो क्षेत्र ध्वस्त भएका तस्बिर सार्वजनिक भएका छन्। 

बीबीसीले इजरायली बमबारीका कारण गाजाको विनाश स्याटेलाइट तस्बिरमा प्रस्तुत गरेको छ। 

जुन तस्बिरले गाजाको अल जाहरा क्षेत्रमा बिहीबार राति इजरायली बमबारीबाट निम्त्याएको विनाश देखाउँछन्।

तस्बिरमा भत्किएका र ध्वस्त भएका भवन देखिन्छन्। यहाँ २५ वटा आवासीय टावर थिए। ती सबै नष्ट भएका छन्।

एक साताअघि इजरायलले गाजाको उत्तरी भागका बासिन्दालाई २४ घण्टाभित्र घर छाड्न चेतावनी दिएको थियो।

अल जाहरा गाजा सहरको दक्षिणमा छ र यहाँ पनि इजरायली सेनाले चेतावनी दिएको थियो। यो चेतावनीपछि लाखौँ मानिस खान युनिसजस्ता दक्षिणी गाजा सहरतर्फ भागेका छन्।

हेर्नुहोस् तहसनहस गाजा यी स्याटलाइट तस्बिरमा-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .